धरानः चौथो पानबारी भलिबल कपको बुधबारको खेलमा बुधबारको खेल जित्दै धरान भलिबल क्लब र भोजपुरको आमचोक गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार भएको पहिलो खेलमा धरानले एमएमसी झापालाई ३–० को सेटमा पराजित ग¥यो । धरानले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जितेको थियो । खेलको म्यान अफ द म्याच एमएमसी झापाका डगेन्द्र राजा घोषित भएका थिए । उनलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै, बुधबार भएको दोस्रो खेलमा एपिएफ पकलीलाई ३–० को सेटमा पराजित गर्दै आमचोक गाउँपालिका भोजपुर सेमीफाइनल प्रवेश गरेको छ । आमचोकले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२२ ले जितेको थियो । खेलको म्यान अफ द म्याच एपिएफका प्रेम हमाल घोषित भएका थिए । म्यान अफ द म्याच हमाललाई नगद ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको विजेताले ३० तोला चाँदीको रनिङ ट्रफी र ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ४१ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । बिहीबार धरान भलिबल क्लब र आयोजक सयपत्री ब्वाइज युनियन क्लबबीच पहिलो सेमीफाइनल बिहान ११ बजे हुने भएको छ । दोस्रो सेमीफाइनल आमचोक गाउँपालिका र १ नं. प्रदेश प्रहरी कार्यालय रानीबीच दिउँसो १ बजे हुने बताइएको छ ।