बाघझोडामा स्थानीयको पहलमा डुङ्गा सञ्चालन

  • प्रकाशित मितिः श्रावण १४, २०७५
  • २२२ पटक पढिएको
  • केशु विरही
alt

विराटचोक/ आन्तरिक पर्यटनलाई बढाउने अभिप्रायका साथ सुन्दरहरंैचाको ऐतिहासिक बाघझोडा पोखरीमा स्थानीयको पहलमा डुङ्गा सञ्चालनमा आएको छ ।

सुन्दरहरैचा – १० मा पर्ने बाघझोडा सिमसार संरक्षण क्षेत्रभित्र पर्ने पोखरीले लामो इतिहास बोकेको स्थानीय बताउँछन् । करिब ७ बिघा क्षेत्रफलमा फैलिएको यो पोखरी लामो समयदेखि संरक्षणको अभावमा ओझेलमा परिरहेको पूर्व सांसद चन्द्रबहादुर गुरुङ बताउँछन् ।

उनका अनुसार डुङ्गाको सञ्चालनपछि स्थानीय पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ । बाघझोडा सिमसार संरक्षण समितिका अध्यक्ष समेत रहेका गुरुङका अनुसार गाउँमै निर्माण गरिएको सो डुङ्गाको लागत करिब २ लाख रुपैयाँ रहेको छ । सो डुङ्गामा एक पटकमा ३० जना मानिस सवार हुन सक्ने बताइएको छ ।

सरकारी तवरबाट पोखरीको संरक्षण तथा संवद्र्धनमा कुनै चासो नदिइएकाले स्थानीयले आफ्नै पहलमा डुङ्गा सञ्चालन गरेको उनको भनाइ छ । शुक्रबारदेखि डुङ्गा सञ्चालनमा आएको हो । ५ सय किलोग्राम फलामबाट निर्माण गरिएको डुङ्गा बोकेर पोखरीमा लैजान ठूलो संख्यामा स्थानीयवासी भेला भएका थिए ।

आफ्नै घर अघिको पोखरीमा डुङ्गा सञ्चालन भएपछि स्थानीय डोमा उराव दङ्ग थिए । अब गाउँमा पर्यटक बढ्ने र आफूहरूले रोजगार पाउनेमा आशा जागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

कोशीहरैंचा उद्योग वाणिज्य सङ्घमा पुरानै का

विराटचोकः उद्योग वाणिज्य सङ्घ कोशी हरैंचाले १ वर्ष पुरानै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ । सङ्घको ८ आंै वार्षिक साधारण सभाले सो निर्णय गरेको हो । नयाँ सदस्यताको विषयलाई लिएर नेकपा र काङ्ग्रेसं समर्थित उद्योग वाणिज्य सङ्घका पदाधिकारी बीच मतभेद देखिएपछि सङ्घले नयाँ ने

उपमहानगरको दमकलः दमकल हो कि पानी बोक्ने ट्

इटहरीः वारुणयन्त्र संवेदनशील क्षेत्र भए पनि प्रविधिको प्रयोग नहुँदा दमकल र पानी बोक्ने ट्याङ्करमा खासै फरक देखिन छाडेको छ । आम जनताले पनि दमकल भन्नेबित्तिकै पानी बोक्ने ट्याङ्करको रूपमा बुझ्न थालेका छन् । दमकलमा आगोसँग लड्न पानी मात्र होइन आवश्यक अन्य सुरक्षा पनि हुन आवश्यक मानिन

प्रहरी कार्यालयभित्र वकिलमाथि हातपात गरेको

इनरुवाः सुनसरीको दुहबीमा प्रहरी कार्यालयभित्र दुई पक्षीय छलफलका क्रममा एक जना कानुन व्यवसायीलाई प्रहरी अधिकृतहरूले हातपात गरेको आरोप लगाइएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय दुहबीमा सवारी दुर्घटना समबन्धी घटनामा छलफल हुँदा सुनसरी जिल्ला अदालत बार एसोसिएसन इकाइका सदस्य समेत रहे


इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • राजनीतिक/सामाजिक ब्युरोः विनय बाह्रकोटी
  • स्थानीय सरकार/कानुन ब्युरोः कृष्ण वहाब भट्टराई
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2018 - pradeshportal.com All rights reserved