बेलबारीः मेरङको बेलबारीमा ३ दिनसम्म चलेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १० औं स्पोर्टस् मिटमा पूर्वाञ्चल एकेडेमी सबैभन्दा अघि देखिएको छ ।

बेलबारी– ११ स्थित लक्ष्मी खेलमैदानमा माघ ८ गतेदिखि शुरु भएको प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र २ कास्य गरी ९ पदकका साथ ३१ अङ्क ल्याएर पूर्वाञ्चल एकेडेमी सुन्दरहरैंचा पहिलो भएको हो ।

त्यसैगरी, ४ स्वर्ण र १ कास्य गरी ५ पदकका साथ २२ अङ्क ल्याएर ब्राइट फ्युचर इङ्लिस स्कुल सुन्दरहरैचा दोस्रो भएको छ ।

२९ अङ्क ल्याएर सिद्धार्थ इङ्लिस स्कुल सुन्दरहरैंचाले तेस्रो स्थान हासिल गरेको छ ।

छात्रा भलिबलतर्फ रेडस्टार इङ्लिस स्कुल पथरीले उपाधि हासिल गरेको छ ।

विजयी खेलाडी तथा विद्यालयहरूलाई कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले पुरस्कार तथा शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले खेलकुदलाई प्रतिस्पर्धाको रूपमा मात्र नलिएर मानव जीवनलाई स्वस्थ राख्न सहयोग पु¥याउने औषधीको रूपमा लिनुपर्ने बताए । प्रतियोगितामा मोरङका ८४ वटा विद्यालय सहभागी थिए ।