इटहरीः अविशेक रिजालको २ गोलको मद्दतले विभागीय टिम नेपाल पुलिस क्लब इटहरीमा जारी मदन भण्डारी गोल्डकपमा पाहुना टोली सिएफसी भुटानलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
पुलिसको जीतसँगै सेमीफाइनल समीकरण पूरा भएको छ । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै गोल सम्भव भएको थियो । खेलको ६३ आँै मिनेटमा तीर्थ रानाको क्रसलाई दायाँ बार च्याप्दै अविशेकले शुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको २७ मिनेट नबित्दै अभिषेकले सन्तोष हेमरनको क्रसलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा दुवै टिमले पाएका अवसर सदुपयोग गर्न सकेनन् । पुलिसले पहिलो हाफमा पाएको आधा दर्जन अवसरलाई उपयोग गर्न सकेन भने भुटानले समेत केही अवसर गुमाएको थियो ।
दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको भुटानी टोलीले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । दुवै गोल गरेका अभिषेक खेलको म्यान अफ दी म्याच हुँदै नगद १० हजार प्राप्त गरे ।
मदन भण्डारी एकेडेमीको संरक्षकत्व र राष्ट्रिय जागृति क्लबको आयोजनामा गत १२ गतेबाट शुरु भएको प्रतियोगिताको विजेताले १६ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
पुलिसका प्रशिक्षक अनन्त थापाले विपक्षी टिमको बारेमा जानकारी नहुँदा पहिलो हाफ अपेक्षा अनुरुप नभएपनि दोश्रो हाफमा पाएको अवसर सदुपयोग गर्दै जित निकाले बताए । कस्तो टिम हो थाहा थिएन स्पिडी रहेछ खेलाडीहरु निक्कै चुनौती भयो । पहिलो हाफमा ग्राउन्डको कन्डिनस बुझनै लाग्यो दोश्रो हाफमा पाएको अवसरलाई सदुपयोग ग¥यौ उनले भने ।
यता पाहुना टोली सिएफसीका प्रशिक्षक विकास प्रधानले कृतिम मैदानमा अभ्यास भएकाले इटहरीको मैदानमा खेल्न समस्या भएको बताए । उनले हावाको समस्याका कारण आफनो टिममात्र नभइ विपक्षीलाई समेत समस्या देखिएको बताए । ‘हाम्रो टिममा ३ जना विदेशी खेलाडी ल्याएका थियौ भिसा समस्याले नेपाल ल्याउन सकेनौ त्यसको पनि असर देखियो ।’ अफिसियलहरुको कृपावादले समेत पाहुना टोलीमा समस्या देखिने उनको भनाई थियौ ।
‘पाहुना टोलीको तुलनामा घरेलु टिमलाई अफिसियलहरुले केही न केही कृपावाद गरेकै हुन्छ । विराटनगरमा एपिएफसंगको खेलमा पनि त्यस्तै भएको थियो ।’उनले भने । ‘रातीको १० बजे इटहरी आइपुग्नु परेको कारण तयारी पुगेन । त्यसमाथी पनि व्यवसायिक फुटबल खेल्ने क्लबसंग विद्यार्थीहरु भिडनुपर्ने । हाम्रो लिगमा समेत खेल हुने बेलामा राखेर प्रशिक्षण दिइन्छ । अन्य समय अध्ययन गर्ने हो ।’