धरानः बुढासुब्बा रेडबुल गोल्डकपको प्रचार गर्न आयोजित प्रमोसन कपमा धरान उपमहानगरपालिकाको टिमले साविक विजेता नेपाल पत्रकार महासघं सुनसरीको टिमलाई पराजित गर्दै उपाधी हात पारेको छ । शनिबार विहान भएको खेलमा नेपाल पत्रकार महासघंको टिमलाई १–०को गोल अन्तरले नगरपालिकाको टिम विजयी भएको हो । निकै प्रतिस्प्रधात्मक खेलमा उपमहानगरपालिकाका खेलाडी सुजन बस्नेतले खेलको अन्तिम मिनेटमा विजयी गोल गरेका थिए ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको फाइनल खेलमा पत्रकार महासघंले नगरपालिकाको टिमलाई निकै दवावमा राखेका थिए । उपाधी जितेसँगै उपमहानगरपालिकाको टिमले नगद ३० हजार पुरस्कार र ट्रफि हात पारेको छ भने उप विजेता टिम नेपाल पत्रकार महासघं सुनसरीको टिमले नगद १५ हजार पुरस्कार र ट्रफि हात पारेको छ ।

फाइनलको म्यान अफ द म्याच र सर्बोकृष्ट खेलाडी उपमहानगरपालिकाको टिमका सुजन बस्नेत भए । उनले क्रमशः नगद १ हजार र ५ हजारसहित ट्रफी हात पारे । यस्तै, खेलकुद समितिका किशन राई बेष्ट मिडफिन्डर घोषित हुँदै नगद २ हजार र ट्रफी हात पारे ।

बेष्ट फरवार्ड र हाइ स्कोरको पुरस्कार पत्रकार महासंघका धिरेन लिम्बुले पाए । उनले ै क्रमशः नगद २ हजार र ३ हजारसहित ट्रफी हात पारे । खेलकअवधिभर उनले ३ गोल गरेका थिए । यस्तै, बेष्ट गोलकिपर पत्रकार महासघंकाको टिमका विकी श्रेष्ठ घोषित हुँदै नगद २ हजार थापे भने बेष्ट डिफेन्स खेलकुद समितिका रिकेश लिम्बू घोषित भए उनले नगद २ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

प्रमोसन कपको फाइनल सँगै धरान फुटवल क्लबले बुढासुब्बा गोल्डकपको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।