धरानः बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै बहुचर्चित बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणको बारेमा आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिता माघ २६ देखि धरान–१६ स्थित धरान रङ्गशालामा हुँदैछ । धरान फुटबल क्लबका अध्यक्ष एवम् एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले प्रतियोगितामा ८ टिमले प्रतिष्पर्धा गर्ने जानकारी दिए । उनले तयारी सकिएको भन्दै आउने पाहुना टोलीलाई व्यवस्थापन गर्नेतर्फ आयोजकको ध्यान गएको जानकारी दिए ।

राईका अनुसार प्रतिष्पर्धी ८ टिममा नेपाल पुलिस क्लब, सङ्कटा, क्यामरुनको डल्फिलन, मेची क्लब, दलहा उजीलेथिक्सट, सहारा क्लब, आयोजक धरान र कलकत्ता भारत रहेका छन् ।

आयोजकका अनुसार विजेताले ८ लाख र उपविजेताले ४ लाख नगदसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै विधागत क्षेत्रमा पनि खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।

 

किशाेर राइ

mid  page add.PNG 1