धरानः एन्फाको तालिकाअनुसार नै हुन लागेको पूर्वका प्रतिष्ठिन फुटवल प्रतियोगीता बुढासुव्वा गोल्डकपको २१ औँ संस्करण आज देखि धरान रंगशालामा हुन लागिरहेको छ ।

विजेताले ८ लाख र उपविजेताले ४ लाख प्राप्त गने प्रतियोगीतामा विभिन्न विधागत शीर्षकमा खलाडीलाई पुरस्कार प्रदान गरिने छ । प्रतिष्ठित प्रतियोगीतामा हाल सम्म को–को विजेता र उपविजेता भए ? आयोजक संस्था धरान फुटवल क्लबले दिएको रेकर्ड यहाँ प्रस्तुत गरेका छौं ।

२०५५ सालदेखि शुरु भएको प्रतियोगीतामा पहिलो विजेता भारतको बुल्गेरिया स्पोर्टिङ क्लब बनेको थियो भने आयोजक सँस्था धरान फुटबल क्लब उपविजेतामा चित्त बुुझाउन बाध्य भएको थियो । त्यस्तै दास्रो वर्ष अर्थात २०५६सालमा महेन्द्र पुलिस क्लब विजेता र आयोजक धरान फुटवल क्लब पुनः उपविजेता बनेको थियो ।

Mid page add from magh 25

२०५७ सालमा बंगलादेशको धनमुन्दी क्लब विजेता बनेको थियो भने अघिल्लो सालको डिफेन्टिङ महेन्द्र पुलिसले उपविजेतामा चित्त बुुझाउनुपरेको थियो ।

त्यस पछिका विजेता टीममा क्रमशः महेन्द्र पुलिस, महेन्द्र पुलिस, मनाङ मस्र्याङदी, थ्रि स्टार, अफ्रिकन यूनाइटेड, थ्री स्टार क्लब, महेन्द्र पुलिस, थ्री स्टार, मनाङ मर्याङदी, थ्री स्टार, हङकङ नेपाली महासँघ, अफ्रिकन यूनाइटेड, एपीएफ काठमाण्डौ, मनाङ मर्याङदी,नेपाल पुलिस र अघिल्लो साल अर्थात २०७४ सालको विजेतामा थ्री स्टार क्लव रहेको छ । उपविजेतामा महेन्द्र पुलिस क्लब रहेको छ ।


विधागत पुरस्कारहरु
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई होन्डाको डिइयो स्कुटर १ थान, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १५ हजार, उत्कृष्ट गोरक्षकलाई २५ हजार, उत्कृष्ट डिफेन्सलाई २५ हजार, उत्कृष्ट मिड फिल्डरलाई २५ हजार, उत्कृष्ट स्ट्राइकरलाई २५ हजार उत्कृष्ट प्रशिक्षकलाई २५ हजार, सर्वाधिक गोलकर्तालाई ३० हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै धरानका एकमात्र उदयमान खेलाडीलाई समेत नगद १५ हजारले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजकको तर्फबाट हेमन्त थापामगर, बिष्णु सुनुवार, वर्तमान राई लगायतका राम्रा खेलाडीहरूले खेल खेल्नेछन । सोही गोल्डकपमा दैनिक रूपमा टिकट काटेर खेल हेर्ने दर्शकहरुका लागि पनि लक्की ड्र मार्फत होण्डाकै नाभी नामक बाइक प्रदान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट र समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आउने निश्चित भएको क्लबले जनाएको छ । यसपटक प्रतियोगीता २० लाख नाफामा जाने क्लबले अनुमान लगाएको छ ।

गोल्डकपको मुख्य प्रायोजकमा जीवी मार्केटिङको रेडबुल नै रहेको छ । यस्तै, सहप्रायोजकमा टुबोर्ग बियर, काबरा गु्रप, क्वालिटी बिस्कुट, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, होण्डा मोटरसाइकल रहेका छन ।