धरानः धरानमा जारी बुढासुब्बा गाेल्डकपकाे पहिलाे खेलमा संकटाले बाजि मारेकाे छ । अाज विहान भएकाे खेलकाे सडनडेथमा काकडभिट्टालाइ दुइ एक गाेल अन्तरले पछि पार्दै बाजि मार्न सफल भएकाे हाे । 

हिजाे भएकाे खेल समय अभावका कारण स्थगित भएकाेथियाे । हिजाे दुबै टीमले बराबरी खेले पछि अंध्याराेका कारण अाजलाइ सारिएकाे थियाे । खेलकाे म्यान अफ द म्याच संकटा कै राजवावु मगर घाेषित भए । उनले नगद १५ हजार पुरस्कार प्राप्त गरे ।

अाज दिउँसाे हुने दाेस्राे खेलमा धरान रंगशालामा नेपाल प्रहरी र सहारा क्लब भिड्दैछन् । 

Mid page add from magh 25