धरानः बुढासुब्बा गोल्डकपको आज दोस्रो दिन नेपाल पुलिस क्लब र सहारा क्लब पोखरा प्रतिष्पर्धा गर्दैछन् । धरानस्थति रंगशालामा केही समय अघि यी २ टिम मैदान प्रवेश गरेका छन् ।

प्रहरीको टिम भरत साहको कप्तानीमा मैदानमा छ भने सहाराको टिम अनिस गुरूङको कप्तानीमा मैदानमा छ ।

हिजोको खेलमा संकटाले काकडभिट्टालाई पछि पार्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।