धरानः धरान रंगशालामा जारी बुढासुब्बा गाेल्डकपकाे तेस्राे दिन अाज अायाेजक धरान फुटवल क्लब र भारतकाे कलकत्ता क्लब भिड्दै छन् । धरान फुटबल क्लबले पहिलाे हाफमा २ गाेल गर्दै टीमलाइ दुइ शुन्यकाे अग्रता दिलाएकाे छ ।

पहिलाे हाफकाे ९ मिनेटमा धरानका तर्फबाट मिलन रार्इले अाकर्षक गाेल गरेका थिए । त्यस्तै २३ मिनेटमा व्रतमान रार्इले अर्काे गाेल गर्दै टीमकाे अग्रता बलियाे बनाएका थिए ।

खेलकाे अधिकांश समय कलकत्ता नै दबदबामा रह्याे ।