भोजपुर: भोजपुरको स्थानीय टुँडीखेलमा दोस्रो मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । यहि फागुनको १७ देखि २४ सम्म सञ्चालन हुने प्रतियोगिताको लागि तयारी तीब्र रुपमा भइरहेको आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक भोजपुर नगरपालिकाले ६ लाख सहयोग गरेको छ । फुटबल संघका कोषाध्यक्ष विनम श्रेष्ठका अनुसार प्रतियोगिताको कुल लागत अनुमान करिब ८ लाख गरिएको छ । जिल्ला तथा आमन्त्रित टिमसमेत गरेर १५ टिम प्रतिस्पर्धामा उत्रने आयोजकको अनुमान गरिएको भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताए ।
प्रतियोगितामा प्रथम टिमलाई २ लाख र दोस्रो टिमलाई १ लाख नगद तथा ट्रफी प्रदान गरिने छ । त्यस्तै सेमीफाइनमा आउने टिमलाई १०÷१० हजार पुरस्कार राखिएको आयोजकले जनाएको छ । उत्कृष्ट गोलरक्षक, खेलाडी, डिफेन्स लगायतका विभिन्न विधामा पनि पुरस्कार व्यवस्था गरिएको बताइएको छ ।