इटहरी ः२१ औ बुढासुव्वा गोल्डकपमा आज क्यामरुनी टोली डाउफिन्स फुटबल क्लबले विभागिय टिम एपिएफको सामना गर्नेछ । पोखरामा सम्पन्न मनकामना केबलकार कपको उपाधीका लागी २ टोली भिडेका थिए । ३ दिनको अन्तरालमा धरानमा पुनः भिडदैछन । नतिजालाई हेर्दा पाहुना टोली बलियो देखिन्छ । क्यामरुनी टिमले १–० को जित निकाल्दै नेपालमा पहिलो उपाधी भित्र्याएको हो ।

फाइनलसम्म पुग्न डाउफिन्सले लिग लिडर मनाङ मस्याङदीलाई समेत हराएको थियो । धरानमा जित निकाल्दै एपिएफ पोखरामा उपाधीबाट बञ्चित हुनुपरेको हारको पिडा विर्सन चाहन्छ भने पाहुना टोली डाउफिन्स पुरानो लय कायम राख्न कसरत गर्नेछ । यसै बर्षबाट नेपालको घरेलु फुटबलमा सहभागिता जनाएको डाउफिन्स टिम केबलकार कप अगाडीका धनगढीमा सम्पन्न तेश्रो खप्तड र इटहरीमा सम्पन्न दोश्रो मदन गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको थियो ।

mid-page-add-from-magh-25 1
खप्तडमा एलन मेक्सवेल प्रेरित खेलमा सिएमजी संकटासंग १–० ले हारेको डाउफिन्सलाई मदन भण्डारी गोल्डकपमा भने झापाली टोली मेची नेत्रालय केएफटिसीले टाइव्रेकरमा ४–३ ले हराएको थियो । त्यसैगरी शहिद स्मारक लिगमा कमजोर प्रर्दशन गरेको विभागिय टिम एपिएफको गोल्डकप प्रतियोगिताको प्रर्दशन पनि सन्तोषजनक भने छैन । खप्तड गोल्डकप सुरुवात भएको यस सिजनको एपिएफको यात्रामा मेची नेत्रालय बाधक बनेको थियो । क्वाटरफाइनल खेलमा एपिएफ २–१ ले पराजित बनेको थियो ।

विरगञ्जको प्रतिष्ठित विशाल मेमोरियल गोल्डकपको दोश्रो संस्करणमा समेत एपिएफको खेल अपेक्षा अनुसार रहेन । हिमालयन शेर्पाले एपिएफलाई ४–१ गोल अन्तरले हरायो । त्यसैगरी मनकामनामा भने एपिएफ टिम हिमालयन शेर्पामाथी २–१ गोल अन्तरले हावी भयो । आज खेल दुवै टिमले प्रतिष्ठाको लडाईको रुपमा खेल्नेछन ।

डाउफिन्सले कायम राख्ला अफ्रिकन युनाइटेडको शाख
धराने मैदानमा अफ्रिकी टिम भाग्यमानी सावित हुँदै आएको छ । यसअघि नेपालका विभिन्न क्लबबाट खेल्दै आएका अफ्रिकी खेलाडी सम्मिलित अफ्रिकन युनाइटेड क्लब बुढासुव्वा गोल्डमपको २ संस्करणको बिजेता र १ संस्करणमा उपविजेता भएको थियो । ८ औ संस्करणमा आयोजकलाई हराउँदै उपाधी जितेको अफ्रिकन युनाइटेडले १६ औ संस्करणमा सहारा क्लब पोखरालाई हराएको थियो । अफ्रिकन युनाइटेडको लागी ९ औ संस्करणमा भने ललितपुरे क्लब थ्रीस्टार दोश्रो लगातार उपाधी जित्ने सपनामा तगारो बनेको थियो । यता एपिएफ १७ औ संस्करणमा मनाङलाई हराउदै बुढासुव्वा गोल्डकपको बिजेता बनेको थियो ।