धरानः क्याम्रुनीटोली डफिन्स  धरानमा जारी २१ औ वुढासुब्बा रेडवुल गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । मनोकामना कवेलकार कपको विजेता डफिन्सले विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ लाई २ शुन्य गोलले स्तब्ध पार्दै सेमी फाइनल यात्रा तय गरेको हो । जित सग डफिन्सले फाइनल यात्राका लागी नेपाल पुलिसका सामना गर्नेछ ।

डफिन्सका लागि एन्जाम यानिक एक्लैले २ गोलको योगदान गरेका थिए । यानिकले खेल सुरु भएको ९ औ मिनेटमा अर्मेल आन्दाको थ्रो पासलाई सदुयोग गर्दै पहिलो गोल गरेका थिए । उनको गोल सगै पहिलो हाफ १ शुन्यमा सकिएको थियो । शारिरिक रुपमा बलिया खेलाडी सहित मैदान उत्रेको क्याम्रुनका लागी दास्रो तथा निर्णायक गोल पनि यानिकले दोस्रो हाफको ५ औ मिनेटमा गरेका थिए ।

बुधबारको खेलमा २ गोल गरेका यानिकले म्याफ दि म्याच हुदै नगद १५ हजार र ट्रफी हात पारे । एपिएफलाई गत शनिबार मनकामना कप पोखरामा पनि १–० ले हराउँदै डाफिन्सले उपाधि उचालेको थियो ।

बिहिबारकोे पहिलो सेमी फाइनल खेल आयोजक धरान फुटबल क्लव र लिग उपविजेता संकटा बिच हुनेछ ।