इटहरी । २१ औं बुढासुब्बा गोल्डकपको सेमीफाइनल समीकरण पुरा भयो । अर्थात सेमीफाइनलमा भिड्ने पक्का भएको छ । पहिलो सेमीफाइनलमा आज आयोजकले शहीद स्मारक लीगको उपविजेता टोली संकटासँग खेल्दैछ ।

मेची नेत्रालय काँकडभिट्टा फुटबल टे«निङ सेन्टरमाथि संर्घषपूर्ण जीत निकाल्दै सेमीफाइनलमा पुग्दा आयोजकले भने पाहुना टोली कोलकत्ताको डेलहाउसी एथ्लेटिकलाई २–० ले पराजित ग¥यो । गत बर्षको प्रर्दशनलाई हेर्ने हो भने संकटा क्लब केही बलियो देखिए पनि आयोजकले ‘होम ग्राउन्ड’को फाइदा उठाउन सक्छ ।

दोश्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकपमा धरान विरुद्ध सडन डेथमा संर्घषपूर्ण जीत निकालेर संकटा क्वार्टरफाइनल पुगेको थियो । बुढासुब्बा गोल्डकपमा दुवै टिमको प्रर्दशन राम्रो रहँदै आएको छ । लगातार सुरुवातका तीन संस्करणको उपविजेता टीम धरानले चौथो पटक फाइनलमा पुग्न आठौं संस्करण पर्खनुप¥यो भने संकटा उन्नाइसौं संस्करणमा पुलिससँग सडनडेथमा पराजित बनेको थियो । बीसौं संस्करणमा भने संकटा सेमीफाइनलमै पुलिससँग रोकियो ।

घरेलु मैदान भएकाले आयोजक टीमले उच्चतम फाइदा उठाउँदै २०६२ सालपछि फाइनल पुग्ने लक्ष्यमा छ भने संकटा पुलिससँगको गत संस्करणको हार बिर्सिदै उपाधी नजिक पुग्न चाहन्छ । संकटा तेस्रो खप्तड गोल्डकपको सेमीफाइनल, १० औ संस्करणको सिमरा गोल्डकपको सेमीफाइनल पुग्न सफल टोली हो भने धरान फुटबल क्लब पूर्वमा उदाएको घरेलु टोलीको रुपमा रहेको छ ।