इटहरी: बुढासुब्बाको दोस्रो सफल टोली नेपाल पुलिस क्लबले पाहुना टोली क्यामरुनको डाउफिन्स फुटबल क्लबसँग उपाधी जित्ने होडमा प्रवेशका लागि भिडदैछ । नेपाली फुटबलको नवप्रवेशी डाउफिन्सले साठीको दशकमा नेपाली फुटबलमा बेग्लै पहिचान छाडेको पुलिसलाई चुनौति दिँदैछ । एक महिनाको अवधिमा तीन वटा प्रतियोगितामा सहभागिता जनाएर एउटा उपाधी पोल्टामा पार्न सफल डाउफिन्सले खप्तडको बिजेता पुलिसलाई कडा चुनौती दिनेछ । खप्तड गोल्डकपका लागि भनेर आमन्त्रण गरिएको टीमले मदन भण्डारी र मनोकामना केबलकार कपमा समेत आफ्नो खेल प्रर्दशन गरिसकेको छ । भोलिबाट शुरु हुने २१ औ संस्करणको तिलोत्तमा गोल्डकपमा समेत डाउफिन्सको सहभागिता रहेको छ ।

mid-page-add-from-magh-25 1 केही दिन अघिसम्म मनकामना केबलकार कपमा आर्मी र मनाङलाई स्तव्ध बनाउदै डाउफिन्स टिमले फाइनलमा एपिएफलाई हराएको थियो । बुढासुब्बामा समेत एपिएफमाथि २–० को जीत निकाल्दै डाउफिन्सले पुलिसँगको सेमीफाइनल भेट तय गरेको होे ।

सुरुवातको २ प्रतियोगितामा नेपाली खेल मैदानको अनुभव नभएको कारण अपेक्षाकृत खेल प्रर्दशन गर्न नसकेको डाउफिन्सले पछिल्लो २ प्रतियोगितामा भने घरेलु टिमको लागि चुनौति नै बनेको छ । यता पुलिसले शहीद स्मारक लिगमा खासै उत्कृष्ट प्रर्दशन गर्न नसकेपनि सर्वाधिक राशीको खप्तड गोल्डकपको उपाधी भने आफनो पोल्टामा पारेको थियो । बुढासुव्वाको अघिल्लो बीस वटा संस्करणमा सवैभन्दा बढी फाइनल खेल्ने टोली हो पुलिस ।

धराने भूुमिमा पुलिस टीम चार पटक उपाधी जित्दै गर्दा पाँच पटक उपविजेता समेत बनेको थियो । पछिल्लो पटक १९ औ संस्करणको फाइनल खेलको पुलिस टीम आजको खेलमा पाहुना टोली विरुद्ध जित निकाल्दै आयोजकसँग उपाधीमा लागि भिड्ने लक्ष्य लिएको छ । पुलिस टीम युवा खेलाडीको भरमा रहँदा डाउफिन्समा अग्ला र बलिया कदका खेलाडी सम्मिलित हुनेछन् ।

धरानको मैदानमा अफ्रिकी युनाइटेडले रचेको इतिहासलाई डाउफिन्स निरन्तरता दिन चाहन्छ । तत्कालीन समयमा कुनै पनि क्लबमा आवद्ध नभएका अफ्रिकी खेलाडीहरुलाई सम्मिलित गराएर सगुन तण्डुकारले अफ्रिकन युनाइटेड क्लब बनाएका थिए जस्ले बुढासुव्वाको दुइटा संस्करणको उपाधी र एउटा संस्करणमा उपविजेता बन्न सफल भएको थियो । हाल अफ्रिकन युनाइटेड क्लबका खेलाडीहरु अन्य क्लबमा आवद्ध भएपछि नेपालमा हुने कुनै पनि प्रतियोगितामा सहभागी हुने डाउफिन्स एक्लो अफ्रिकी टोली बनेको छ ।