धरानः आयोजक धरान फुटवल क्लवलाई ट्राइवेकरमा पराजित गर्दै क्याम्रुनी क्लव डाफिन्स एफसीले २१ औ बुढासुब्बा गोल्डकपको उपाधि उचालेको छ ।

उपाधिसँगै डाफिन्सले नगद ८ लाख ट्रफी तथा प्रमाण पत्र हात पारेको छ । विजेता टिमलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ट्रफी प्रदान गरेका थिए । चार पटकको उपविजेता आयोजक धरान फुटबल क्लव गोल्डकपको पाँचौ पटक पनि उपविजेता हुँदै उपाधिबिहिन बनेको छ । उपविजेता धराने नगद ४ लाख प्रमाण पत्र र ट्रफीमा चित्त बुझायो ।

१२ वर्ष पछि फाइनल पुगेको धरान शनिबार धरान रगशालामा भएको फाइनलमा पहिलो पटक गोल्डकपमा सहभागी पाहुना टोली क्याम्रुनी क्लव डाफिन्स एफसीसँग ट्राइवकरमा ३ , २ गोलले पराजित हुदै उपाधिविहिन बनेको छ ।

डाफिन्सको लागी जो एन्गोला , पेटन्गा र यानिक ओवना ले ट्राइवेकरमा गोल गर्दा एक्वोना र वियिक वियिकको प्रहार भने आउट भएको थियो । धरानका लागी दोर्जे तामाङ र प्रकाश बुढाथोकीले गोल गर्दा योगेश राईको प्रहार आउट भयो भने हेमन्त थापामगर र मिलन राईको प्रहार डफिन्सका गोल रक्षक प्रीसो एन्जङ्गाले रोके पछि धरान पुन उपाधि विहिन बन्न पुग्यो ।

उप विजेता धरानले व्यक्तिगत स्कोरमा भने कक्जा जमायो । धरानका मनोज राई वेष्ट डिफेन्स हुदा हेमन्त थापा मगर वेष्ट मिड फिल्डर हुदै नगद २५ । २५ हजार पाए । वेष्ट स्ट्राकर धरानका मिलन राई हुँदै २५ हजार पाए भने सर्वोउत्कृष्ट खेलाडी हुदै धरान डिफेन्स विष्णु सुनुवार डियो स्कुटी पाए । फाइनल खेलको म्यानअफ दि म्याच धरानका गोल रक्षक विनय श्रेष्ठ हुर्दै नगद १५ हजार पाए ।

गोल्डकपको २१ औ संस्करणमा २ गोल गरेका डाफिन्सका एन्जामा यानिकले सर्वाधिकगोल कर्ताँको उपाधि सँगै नगद ३५ हजार पाए, डाफिन्सका औरेल इनामीले वेष्टकोचको उपाधिसँगै नगद २५ हजार पाए भने उत्कृट गोल किपर को उपाधी सगै डाफिन्सका गोल रक्षक प्रीसो एन्जङ्गाले नगद २५ हजार पाए ।

 

mid-page-add-from-magh-25 1