पथरीः मोरङ कानेपोखरी –६ रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलले आफ्नो ९ औ स्थापना दिवसको अवसरमा २ सय २८ विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
३ दिने खेलकुद प्रतियोगिताका २४ विभिन्न खेलमा ३ सय १० जना विद्यार्थीले सहभागिता जनाएकोमा विभिन्न खेलमा पहिलो, दोस्रो र तेस्रो हुने २ सय २८ जना विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतले प्रमाण पत्र र मेडल प्रदान गरेका थिए ।
त्यसैगरी, कार्यक्रमका विशेष अतिथि कानेपोखरी गाउँपालिकाका संस्थागत विद्यालयको सङ्गठन ‘प्याप्सोक’का सचिव विद्यानान्द चौधरी, सदस्य महेन्द्र बोहोरालगायतले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रमको सभापतित्व प्रिन्सिपल पुण्यप्रसाद कोइरालाले गरेका थिए । विद्यालयले गरिब, जेहेनदार तथा दलित विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको विद्यालय सञ्चालक प्रकाश परियारले बताए ।