इटहरीः यही फागुन १६ गते देखि प्रदेश एक स्तरीय भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । इटहरीस्थित पचरुखी युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगितामा प्रदेशका विभिन्न स्थानका १० टिमले सहभागिता जनाउने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

क्वलबका अध्यक्ष पीताम्बर पोख्रेलले स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मासाथ गर्दै पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको जानकारी दिएका । स्वास्थ्यप्रति सचेत वयस्क उमेरसमुहका व्यक्तिलाई लक्षित गर्दै उक्त प्रतियोगिता गर्न लागिएको र यसलाई हरेक साथ निरन्तरता दिँदै व्यवस्थित गरिने समेत जानकारी दिए ।

प्रतियोगिताका विजेतालाई यो पटक १ लाख १ हजार नगदसहित विभिन्न आकर्षक पुरस्कार रहेका छन । त्यस्तै उपविजेतालाई भने ५५ हजार नगरसहित अन्य पुरस्कार रहेको आयोजकले बताएको छ ।

खेलमा सहभागी हुन धरान, बिर्तामोड, सी.एम.जी. विराटनगर, एभरेस्ट भेट्रा क्लब मोरङ, टी.डब्लू. वाई.सी. भेट्रन विराटनगर, राजघाट भेट्रान मोरङ, धनकुटा भेट्रान, आयोजक रातो र हरियो गरी दश टीमको सहभागिता रहने छ ।
इटहरी– ५ स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितालाई हरेक साथ स्तरोन्नती गर्दै लग्ने क्लबका अध्यक्ष पोख्रेलले जानकारी दिए ।