धरानः किरात राई यायोक्खाको दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको अवसर पारेर धरानमा सोमबार सार्इकल र्यालिको आयोजना गरीएको छ ।  “स्वास्थ्यको लागि सार्इकल, वातावरणको लागि सार्इकल” भन्ने नारासहित सुनसरी सार्इकिलिङ संघको सहयोगमा उक्त र्यालि निकालिएको हो ।

र्यालिमाधरान फुटबल क्लबका अध्यक्ष किशोर रार्इ सहित सुनसरी सार्इकिलिङ संघका १३जना सहभागि भएका थिए । प्रदेश नम्बर १ को नामकरण किरात प्रदेश हुनुपर्छभन्ने माग सहित हुन लागेको १० औँ महाअधिवेसनको प्रचारप्रसार र सहयोगमारार्इ समुदायमात्र नभएर अन्य समुदायको समेत सहभागिता रहेको छ । सोमबार भएकोसार्इकल र्यालिमा अन्य जातिहरूको समेत उपस्थिति रहेको थियो । र्यालिमासुनसरी सार्इकिलिङ संघका अध्यक्ष राजन लिम्बु, उपाध्यक्ष सुधिरसिंह लिम्बु, कोषाध्यक्ष अञ्जना रार्इ, नारायण थापा, बन्दन रार्इ, सुदन रार्इ, र्इशातामाङ, प्रेम गुरूङ, नगेन रार्इ, अनिस तामाङ, शुभ रार्इ, बालकृष्ण लिम्बुलगायतको उपस्थिति रहेको थियो ।

दशौँ राष्ट्रिय महाधिवेशनलार्इ रचनात्मक, शृजनात्मक बनाउदेउद्देश्यले विभिन्न कार्यक्रममध्ये सोमबार भएको सार्इकल र्यालि धरान १० मा रहेको यलम्बर स्मृति संग्रहालय भवनबाट सुरू भएर मुख्य बजार परिक्रमा गरि यलम्बर स्मृति संग्रहालय भवनमा आएर समापन भएको थियो । र्यालिमा किरात रार्इ यायोक्खाका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।

प्रचारप्रसारको कार्यक्रम अन्तर्गत भोल मंगलबार धरानको यलम्बरपार्कमा रहेको बास्केटबल कोर्टमा सुनसरी महिला बास्केटबल टिम र धरान महिला बास्केटबल टिमबीच प्रतिष्पर्धा हुने बास्केटबल खेलका सम्योजक विकास चाम्लिङरार्इले बताएका छन् ।