इटहरीः इटहरी– ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मदानमा जारी प्रदेश स्तरीय भेट्रान फुटभव प्रतियोगिताको शुक्रवार भएको खलमा धनकुटा विजयी बनेको छ । राजघाट मोरङ भेट्रान टिमलाई शून्यका विरुद्ध ४ गोल गर्दै धनकुटाले शानदार जीत निकाल्न सफल भएको हो ।
धनकुटाका लागि गुणराज राईले ह्याट्रिक क्रस गरे । मैदानमा आकर्षणढंगले खेलेका राईले एक्लै ४ गोल गर्दा विपक्षी राजघाटले एक गोल गर्ने समेत मौका पाउन । राई खेल सुरु भएको ९ मिनेट मै एक गोल गर्दै टमीलाई अग्रता दिलाएका थिए । उनले क्रमशः ४२, ५८ र ७१ मिनेटमा थप ३ गोल गर्दै अङ्क टिमको अग्रता शून्यका विरुद्ध चार बनाउन सफल भएका थिए ।
खेलअवधिभर राजघाटले गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन । आजको खेलको म्यान अफ द म्याच पनि उनै राई घोषित भए । भोलिको खेल आयोजक रातो र विराटनगरको सिएमजी भेट्रान बिच हुने आयोजक पचरुखी युवा क्लबका अध्यक्ष पीताम्बर पोख्रेलले जानकारी दिए ।
स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मासाथ गर्दै पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको र यसलाई हरेक वर्ष निरन्तरता दिँदै थप व्यवसाय व्यवस्थित गर्दै जाने समेत जानकारी दिए ।
प्रतियोगिताका विजेतालाई यो पटक १ लाख १ हजार नगदसहित विभिन्न आकर्षक पुरस्कार रहेका छन् । त्यस्तै उपविजेता लाई भने ५१ हजार नगरसहित अन्य पुरस्कार रहेको आयोजकले बताएको छ ।
खेलमा धरान, बिर्तामोड, सी.एम.जी. विराटनगर, एभरेस्ट भेट्रा क्लब मोरङ, टी.डब्लू. वाई.सी. भेट्रन विराटनगर, राजघाट भेट्रान मोरङ, धनकुटा भेट्रान, आयोजक रातो र हरियो गरी दश टिमको सहभागिता रहेको छ ।