बेलबारी: अाठाैँ राष्ट्रिय खेलकुद प्रतियाेगिताका लागि प्रदेश नं १ स्तरीय फुल कन्ट्रयाक्ट कराते छनाैट प्रतियाेगितामा सम्पन्न भएकाे छ । पूर्वान्चल क्षेत्रीय खेलकुद परिषदकाे अायाेजनामा भगवती मावि बेलबारीमा संपन्न भएकाे प्रतियाेगिताबाट खुल्ला तथा विभिन्न ताैलसमूहका गरेर १० जना खेलाडीहरु छनाेटमा परेका छन् ।
महिला तर्फकाे खुल्लामा ओखलढुगांकी सुजता राई र पुरुषतर्फबाट ओखलढुंगाका विनोद निरौला छनाेटमा परेका छन् । अाज सम्पन्न प्रतियाेगितामा ४५ किलोगा्रम तौल समुहमा ओखलढुंगाकै रुपा मगर ५० किलोगा्रम तौल समुहमा पाँचथरकी श्रद्धा मगर र ५५ किलोगा्रम तौल समुहमा पाँचथरकै प्रतिमा लावति विजयी भएका छन ।
यसैगरी पुरुष तर्फ ४५ किलोगा्रम तौल समुहमा पाँचथरका प्रवेश नेम्वाङ, ५० किलोगा्रम तौल समुहमा पाँचथरकै राम लिम्बु, ५५ किलोगा्रम तौल समुहमा समेत पाँचथरका अमृत लावती छनोट भएका छन । ६० किलोगा्रम तौल समुहमा मोरङका गोपाल लाल सिङ् ६५ किलो ग्राम समूहमा सोलुखुम्बुका गौरव आचार्य छनोट भएका छन ।
विभिन्न जिल्लावाट छनोट भएर आएका खेलाडीहरुलाई प्रदेशस्तरीय प्रतियाेगिता गराएर छनोट गरीएको प्रदेश खेलकुद विकास समितिका सदस्य तथा फुल कन्ट्र्याक कराते खेलाडि छनोट समितिका संयोजक राजन प्रसाईले बताए । छानोटमा परेका खेलाडीहरुलाई बेलबारी नगरपालिकाका प्रवक्ता एवम बेलबारी उद्याेग वाणिज्य संघका अध्यक्ष योगेन्द्र सुवेदीले प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए