इलामः मोफसलमा पहिलो पटक फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडी र अफिसियलको दुर्घटना बिमा हुने भएको छ । झापामा फागुन १८ गतेबाट जारी मगमग झापा गोल्डकपको चौथो संस्करण र फागुन २६ बाट हुने माइभ्याली गोल्डकपको पाँचौँ संस्करणमा दुर्घटना बिमा कार्यान्वयन हुने छ ।

माइभ्यालीले पहिलो पटक सम्झौता र झापा गोल्डकपले पहिलो पटक कार्यान्वयन गर्नेछन् । झापा गोल्डकपलाई प्रिमियर इन्स्योरेन्स कम्पनीले साथ दिएको हो । भने माइभ्यालीलाई आइएमई इन्स्योरेन्सले बिमा गरिदिने छ । फागुन ३ गते आइए मई इन्स्योरेन्सका वरिष्ठ प्रबन्धक शिवप्रसाद लामिछानेले पत्र पठाएर माइभ्याली गोल्डकपका खेलाडी, अफिसियल र आयोजकको इन्स्योरेन्स हुने जानकारी गराएका थिए ।

आईएमइ जनरल इन्सुरेन्सले आगामी फागुन २६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने १० वटै टिमका खेलाडी तथा अफिसियल, रेफ्रीहरू, आयोजक संस्था माईभ्याली फुटबल क्लबका पदाधिकारी र स्वयमसेवकको खेल सञ्चालन अवधि भर जनही पाँच लाख रुपैंयाको दरले बिमा गर्ने भएको हो । प्रतियोगितामा सहभागी हुने तेस्रो राष्ट्रका क्यामरुन, हङ्गकङ्ग, दार्जिलिङ लगायत नेपालका ७ वटा क्लबका २५÷२५ जना खेलाडी, ६ जना रेफ्री, आयोजक र स्वयमसेवक ३०÷३० जनाको नेपालको सीमा भित्र हुने सामूहिक दुर्घटना बिमा व्यर्होने भएको पत्रमा उल्लेख गरिएको छ ।

suzuki dharan

आयोजक समितिका अध्यक्ष धिरेन चेम्जोङले इन्स्योरेन्स कम्पनीले दुर्घटना बिमाको बारेमा पत्र पठाएर नै जानकारी गराएको बताए । ‘प्रतियोगितामा सहभागी हुन आए देखी आफ्नो गन्तव्यसम्म नपुग्दासम्म कुनै दुर्घटना भएमा वा गम्भीर घाइते भएमा बिमा बापतको रकम प्राप्त गर्नेछन् ।’ उनले भने । त्यसै गरी शनिवार आयोजक झापा गोल्ड कप र इन्सुरेन्स कम्पनीबिच खेलाडी तथा अफिसियलको दुर्घटना बिमाबारे सम्झौता गरिएको छ । फागुन १८ गतेदेखि २७ गतेसम्म हुने प्रतियोगितामा सम्झौता अनुसार प्रत्येक खेलाडी तथा अफिसियलका लागि ५ लाखका दरले बिमा गरिएको आयोजकले जनाएको छ ।

प्रिमियर इन्सुरेन्सका तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेती ९सन्तोष० र आयोजकका तर्फबाट महासचिव तथा सचिवालय संयोजक गजेन्द्र पौड्यालबिच दुर्घटना बिमासम्बन्धी सम्झौता भएको हो । प्रतियोगिता अवधिभर २२० जना खेलाडीको दुर्घटना बिमा गरिएको हो । यसअघि सहिद स्मारक लिगमा खेलाडीहरूको बिमा हुने गरेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।