इटहरीः जनता बहुमुखी क्याम्पसको खेलमैदानमा जारी पचरुखी भेट्रान कप फुटबल प्रतियोगिताको बुधबारको खेलमा बिर्तामोड विजयी बनेको छ । सिएमजी विराटनगरसँग प्रतिस्पर्धा गरेको बिर्तामोडले निर्धारित समयमा २–२ को बराबरी गोल खेल्यो । खेल शुरु भएलगत्तै सीएमजीका तर्फबाट ३ मिनेटमा दिलकुमार कार्कीले गोल गरेका थिए ।

जवाफमा बिर्तामोडले ३४ औँ मिनेटमा गोल फर्कायो । बिर्तामोडका सन्तोष बस्नेतले टीमले पाएका पेनाल्टी सदुपयोग गरे । खेलको ४६ औँ मिनेटमा सिएमजीका रुद्र खड्काले गोल गरे भने बिर्तामोडका खड्काले पुनः एक गोल थप्दै बराबरीमा रोक्न सफल भए ।

खेल टाइब्रेकरमा धेकेलिएको थियो । जसमा ३–४ को गोल अन्तरले बिर्तामोड विजयी बनेको हो । खेलको म्यान अफ द म्याच बिर्तामोेडका सन्तोष बस्नेत घोषित भए । बिहीबारको खेल राष्ट्रिय खेलाडीले भरिभराउ आयोजक हरियो र एभरेष्ट मोरङबीच हुनेछ ।
पचरुखी युवा क्लबले गरेको प्रतियोगितामा २० टीम सहभागी भएका थिए । प्रतियोगिताका विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार नगदसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।