विराटनगरः फागुन २८ गते देखि विराटनगरमा हुन गइरहेको पाँचौ साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटवल सँघ एन्फाले जानकारी दिएको छ । सँघले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै व्यवस्थित रुपमा गेम सम्पन्न गर्ने र सोहि अनुसार तयारीमा संघ, विराटनगर महानगरपालिका र प्रदेश १ सरकार जुटेको अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।
सह आयोजक विराटनगर महानगरपालिकाले साफका लागि करिव १ करोड खर्च गर्नेछ । उसले विराटनगरमा खेल हुने सम्पुर्ण मैदान र होटल सम्म पुग्ने बाटो बनाउनु पर्नेछ । महानगरले फागुन १५ गते भित्र सम्पुर्ण बाटो बनाइ सक्ने बताए पछि अझै काम सकेको छैन । यद्धपी एन्फाले भने समयमा बाटो निर्माणको काम सकिने दाबि गरेको छ ।
साफको तयारीका लागि मैदानको व्यवस्थापन, संचारगृहको स्थापना, सहज इन्टरनेट पहुँच,अतिथि व्यवस्थापनको तयारी, विदेशी पाहुना टोलीको बन्दोवस्तीको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।