धरान: नेपालकै ठुलो दौड धरान धरान रनमा बाग्लुङका तीर्थ पुन च्याम्पीयन बनेका छन् । यस बर्ष सातौ संस्करणमा प्रस्तुत भएको धरान रनको नाम ‘आरती स्ट्रिप्स धरान १० के रन सातौ नेवा च्यारटीमा खुला प्रतिस्प्रर्धा’ थियो ।

सातौ संस्करणमा विजेता बनेका पुनको यो लगातार चौथो पटक पटकको जित यो । यस अघि उनले तिन पटक सम्म धरान रनको च्यापपियन बनिसकेका छन् ।विगतमा ८ किलोमिटरको दौड गराउदै आएको धरान रनले यो बर्ष १० किलोमिटर दौडाएको हो ।

पुनले १० किलोमिटरको दुरी ३१ मिनेट १६ सेकेण्डमा डौडिएका पुन भारतिय सेनामा कार्यरत छन् । पर्वतका अनिष थापाले ३१ मिनेट २२ सेकेण्डमा १० किलोमिटर दौडिएर दोस्रो भ एभने नेपाल आर्मीका गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेण्डमा पार गर्दै तेस्रो भए । उनीहरुले क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद ,ट्रफी र प्रमाणपत्र पाएका छन् ।

महिला तर्फ कान्छीमाया कोजु विजेता भइन् । उनले १० किलोमिटरको दुरी ३७ मिनेट ४७ सेकेण्डमा दौडिएर पुरा गरेकि थिइन। उनी ससस्त्र प्रहरीबलमा कार्यरत छिन् । महिला तर्फ धादिङकी सन्तोषी श्रेष्ठ दोस्रो भइन । उनले ३८ मिनेट १८ सेकेण्डमा दुरी दौडिएकी थिइन । ३८ मिनेट ४७ सेकेन्डमा निर्धारीत दुरी पार गरेी पुष्पा भण्डारीले तेस्रो स्थान हासिल गरिन । उनी ससस्त्र प्रहरी बलमा कार्यरत छिन् ।उनीहरुले पनि क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद ,ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

१६ बर्ष मुनिका पुरुष तर्फको दौडमा जुम्लाका नरेश बुढा प्रथम, अछामका प्रविणकुमार बोहरा दोस्रो र धरानका किरण लिम्बू तेस्रो भए । महिलातर्फ दमककी मनिषा राई, चन्द्रकला भुजेल र संगीता तामाङ क्रमशः प्रथम, दोस्रो र तेस्रो भइन् ।

आयोजक धरान १० के रनले नेपालका पुर्वएथलेटिक्स खेलाडी तथा प्रशिक्षक मुकुन्दहरि श्रेष्ठलाई सम्मान गरेको छ एथलेटिक्स खेलमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । विजेता खेलाडी, सम्मानित व्यक्तित्वहरुलाई आयोजक धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, प्रमुख अतिथि एवं कार्यवाहक प्रमुख मञ्जु भण्डारी, नेपाल एयरलान्यसका क्याप्टेन विजय लामालगायतले पुरस्कार वितरण गरेका थिए ।

धरान रनका अध्यक्ष सन्तोष राईले आफ्नी छोरीको नाममा सञ्चालन गरेको नेवा च्यारिटीबाट सुरु भएको धरान रनको यात्रा अहिले नेपालकै ठुलो दौड प्रतियोगितामा परिणत भएको छ । धरान रनले प्रत्येक शनिबार धरानमा रनिङ गराउदै आएको छ ।