पथरीः निर्धारित ७० मिनेटको खेलमा अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेको वडा नम्वर ९ ले गोल गर्न नक्दा चौथो पथरीशनिश्चरे नगरकपमा उपविजेता बन्न पुगेको छ ।
फाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर ९ लाई ० का विरुद्ध २ गोल अन्तरले पाखा लगाउदै उपाधि कब्जा गरेको छ ।
खेलको ५० औँ मिनेटमा साईमन लिम्बूले गोल गरेका थिए । ५९ औँ मिनेटमा सुमन वान्तवाले थप गोल गर्दै टिमलाई २–० को अग्रता कायम गराएका थिए ।
विजयी वडा नम्बर १ ले १ नगद ५१ हजार र ट्रफी हात पारेको छ । वडा नम्वर ९ भने उपविजेतामा सीमित हँुदै नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।
सर्वाेत्कृष्ट खेलाडी वडा नम्बर १ का सुमन राई घोषित हुँदै नगद ३ हजार ५ सय हात पारेका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि राईले हात पारेका छन् । जसबापत उनले थप २ हजार ५ रुपैयाँ हात पारे । वडा नम्वर १ का चन्द्र« लिम्बूले उत्कृष्ट गोलरक्षकको पुरस्कार हात पारे भने उत्कृष्ट डिफेन्समा वडा नम्बर १ का मीन धिमाल घोषित भए ।
उत्कृष्ट मिड फिल्डको पुरस्कार वडा नम्बर ९ का साईन राई, उत्कृष्ट फरवाडमा ९ कै सेनेहाङ राई, उदीयमान खेलाडीमा वडा नम्बर २ का सन्दीप मगर घोेषित भए ।
फाइनल खेलको म्यान अफ दि म्याच वडा नम्बर १ का साईमन लिम्बू घोषित हुँदै नगद १ हजार ५ सय, ट्रफी र मेडल हात पारेका छन् ।
उत्कृष्ट प्रशिक्षकको पुरस्कारबाट वडा नम्बर १ प्रशिक्षक राष्ट्रिय खेलाडी दीपक राई नगद २ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्रले सम्मानित भएका छन् ।