इलामः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ लाई खेलकुदको राजधानीका रूपमा विकास गरिने बताएका छन् ।
इलाममा आजबाट शुरु भएको माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकुदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गरे ।
इलाममा जारी प्रतियोगिताले खेलका अन्य क्षेत्रलाई पनि सहयोग पुगेको बताउँदै उनले १ नम्बर प्रदेशलाई खेलकुदको राजधानी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । प्रदेश सरकारको आयोजनामा अन्तर्राष्ट्रियस्तर मुख्यमन्त्री कप समेत आयोजना गरिने बताउँदै उनले स्थानीय स्तरबाट उत्पादन भएका खेलाडीलाई प्राथमिकता दिइने समेत बताए ।
आयोजक माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले फुटबल इलामको इतिहास र संस्कार भएको बताए । यो प्रतियोगिता गोल्डकपको पाँचाँै संस्करण हो । प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ ।