विराटनगर– पाँचौ महिला साफ फुटबल प्रतियोगिता भाेलिदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच हुनेछ । एन्फा प्रवक्ता किरण रार्इका अनुसार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकाे उद्घाटन गर्नेछन् । पहिलाे खेल नेपालले भुटान बिरूद्द खेल्दैछ ।
शहीद रङ्गशालामा हुने सो प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स रहको छ ।