झापाः एकपक्षीय बनेको खेलमा पाहुना टोली हङकङ नेप्लिज फुटबल एकाडेमीलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै हिमालयन शेर्पा क्लब इलाममा जारी माइभ्याली गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । खेलको सुरुवातबाटै दबाब कायम राखेको शेर्पाले पहिलो मिनेटमा नै अग्रता बनायो । गोलरक्षक अभिजित रोय अगाडी बढेको मौकामा सुनिल खडकाले हिमालयनलाई सुरुवाती अग्रता दिलाए ।
खेलको ९ औ मिनेटमा हङकङका खेलाडीले हिमालयन शेर्पाका डेडी वाम्बालाई फाउल गरेपछि पाएको फ्रिकिक प्रहारमा गोलरक्षकलाई विट गराउँदै सुनिलले अग्रता दोव्बर बनाए । ३७ औ मिनेटमा विसन गुरूङले डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेपछि पहिलो हाफमा हिमालयन शेर्पाले ३–० को फराकिलो अन्तर बनायो । दोश्रो हाफमा समेत दबाबमा परेको हङकङका लागी ४६ औ मिनेटमा समिर लिम्बुले गोलरक्षक किशोर गिरीलाई बिट गराउँदै सान्तवना गोल फर्काए । ६३ औ मिनेटमा सुनिलले गोल गर्दै ह्रयाट्रिक पुरा गरे । ७५ औ मिनेटमा कप्तान मानबहादुर तामाङले गोल गरेपछि ५–१ गोल अन्तरले बिजयी बन्दै हिमालयन शेर्पा क्वाटरफाइनल प्रवेश गरेको हो ।
सेमीफाइनल प्रवेशका लागी हिमालन शेर्पाले थ्रीस्टार क्लबको सामना गर्नेछ । खेलको पाएका केही राम्रा अवसरहरु दुवै टिमले सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा हिमालयनका डिफेन्डरको गल्तीमा पाएको अवसरलाई समिर राईले पोष्टको दिशा दिन सकेनन् । हिमालनयका विसन गुरुङको प्रहारलाई गोलरक्षक अभिजित रोयले देव्रेबारमा पञ्च गर्दै बाहिर पठाइदिए । दोश्रो हाफमा हङकङले सुधारिएको खेल देखाएपनि गोल गर्न नसक्दा पराजित बन्यो । खेलमा ह्रयाट्रिक गरेका खड्का खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
हिमालयनका प्रशिक्षक बिजेन्द्र पुडासैनीले पाएका अवसरहरु सदुपयोग हुन सक्दा जित निस्किएको बताए । ‘झापामा हङकङको प्रर्दशन हेर्दा खेल १९÷ २० हुने अपेक्षा गरिएपनि पहिलो हाफमा अग्रता लिएपछि मानसिक रुपमा खेलाडीहरुको मनोबल उच्च भयो । ’ उनले भने । यता हङकङका टिम मेनेजर नविन राईले खेलाडीहरुको तालमेल नमिल्दा पराजित हुनुपरेको बताए । ‘ खेलाडीहरुबिचको मिसपासको बिपक्षी टिमले फाइदा उठायो ।
सुरुवातमै गोल खाएपछि प्रेसरमा प¥यौ ।’ उनले भने ‘ मौसमको कारण खेलाडीहरुको स्वास्थ्यमा समस्या देखिएपछि अपेक्षा अनुरुपको प्रर्दशन हुन सकेन ।’ प्रतियोगिता अन्र्तगत मंगलबार विभागीय टिम नेपाल पुलिस क्लबले युनाटेड दार्जिलिङ क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।