इटहरीः इटहरीमा पहिलो पटक आयोजना भएको प्रदेशस्तरीय पचरुखी भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
इटहरी– ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा फागुन १६ गतेदेखि शुरु भएको प्रतियोगिता फागुन २५ गते सम्पन्न भएको हो । पचरुखी युवा क्लबको पहिलो प्रयास कस्तो रह्यो भन्ने बारे क्लबका अध्यक्ष पीताम्बर पोख्रेलसँग गरिएको कुराकानी ।
क्लबले फुटबल नै किन आयोजना ग¥यो ?
क्लबले यसअघि विभिन्न सांस्कृतिक तथा सामाजिक काम गरिरहेको थियो । हामीले सरसफाइदेखि रक्तदानसम्मका कार्यक्रम गरिरहेका थियौँ । क्लबमा फुटबलप्रति लगाव राख्ने धेरै साथी हुनुहुन्छ । उहाँहरुले यसपटक फुटबल प्रतियोगिता गरौं भन्नुभएकाले प्रदेशस्तरीय प्रतियोगिता गर्ने अवसर जु¥यो ।
प्रतियोगिता अयोजना गर्दाको अनुभव कस्तो रह्यो ?
हामीले यस्तो ठूलो प्रतियोगिता कहिल्यै आयोजना गरेका थिएनौँ । शुरुमा त निकै गाह्रो भयो । फेरि १ महिना पनि समय थिएन तयारीका लागि । तसर्थ सम्पूर्ण तयारीमा जुट्न टिमलाई केही गाह्रो भएकै हो । पहिलो प्रयास पनि भएको हुँदा हामी केही अलमलमा पनि प¥र्यौं । तर, हामीले राम्रो पाठ सिक्यौं । आगामी दिनमा कसरी आयोजना गर्ने भन्ने बारेमा राम्रो पाठ पनि भयो । पक्कै पनि हामीले आउँदा दिनमा यस्ता कार्यक्रम राम्रोसँग सञ्चालन गर्न सक्छौँ भन्ने आत्मविश्वास पलाएको छ ।
यसलाई निरन्तरता दिने सोच छ कि छैन ?
छ नि । हामीले हरेक वर्ष स्तरीय गेम गर्दै जानेछौं । यसमा मेरो टिममा रहनुभएका सम्पूर्ण साथीको अठोट छ कि हामी राम्रो गर्दैै जानेछाँैं । विभिन्न उमेर समूहका व्यक्तिको स्वास्थ्यमा उचित ध्यान नपुगेको हुन सक्छ । हामीले नारा नै राखेका छौँ कि स्वास्थ्यका लागि खेल । त्यसैले खेल जीवनलाई चुस्त दुरुस्त राख्न पनि हामीले हरेक दिनको अलिकति समय खेलमा छुट्याउनुपर्छ । त्यसै पनि खेल क्षेत्रमा लागेको मानिस स्वस्थ हुन्छ । स्वस्थ मानिसले सकारात्मक कुरा सोच्छ र उसको व्यावसायिक तथा निजी जीवन पनि उसैगरी स्वस्थ हुन्छ भन्ने लाग्छ । यसका लागि पनि खेल प्रतियोगिता त हुने नै भयो ।
सरकारी निकायबाट कुनै सहयोग आएन ?
हामीले सरकारी सहयोग नलिने नै निर्णय गरेका थियौँ । पहिलो पटक भएको हुँदा पनि हामीले सक्छौँ भन्ने देखाउनुपर्ने थियो । हामै्र लागि पनि परीक्षा थियो । हामी पास भएका छौँ । यसको जस सम्पूर्ण क्लबको टिमप्रति जान्छ । म एक्लैले केही हुने होइन । अब यो सामुहिक एकताको बललाई सामाजिक कार्यमा खर्च गर्र्दै जानेछौँ ।
यसपटक वडा नम्बर ५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले हौसला दिनुभएको छ । ‘यतिको गेम होला भन्ने सोचेकै थिइनँ । एकदमै राम्रो भयो, अर्को साल पक्कै गेमलाई योजनामा पार्छु निरन्तरता दिनू’ भन्नुभएको छ । त्यसैगरी हामीलाई सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थाको मायाले हामीलाई ऊर्जा प्रदान गरेको छ । अब ती सहयोगी हातहरूलाई साथमा लिएर एकदमै राम्रो प्रतियोगिता भव्यताका साथ हुनेछ ।
अन्त्यमा के भन्नुहुन्छ ?
पहिलो प्रयास भएको हुँदा यसलाई मैले सिकाइको रूपमा लिएको छु । हामीलाई थाहा छ हामीले कहाँकहाँ कमजोरी ग¥यौँ भन्ने । अर्को साल धेरै समय पहिले नै अभ्यास गर्न पाइयो भने राम्रो काम हुन्छ भन्ने पाठ भयो । यो पहिलो प्रयासमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति र सङ्घ संस्थालाई धन्यवाद दिन चाहन्छु । हाम्रो पचरुखी युवा क्लबले यस्ता प्रतियोगितालाई निरन्तरता दिने छ । हामीले सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ २०६९ सालमा क्लब स्थापना गरेका थियौँ । अब हाम्रो मिसन हाम्रो व्यस्त जीवनबाट निस्किएको समयलाई सामाजिक क्षेत्रमा लगाउने अठोट लिएका छौँ । सोहीअनुसार खेलकुदसहित विभिन्न सामाजिक काममा लाग्छौँ ।
मुख्य कुरा, हाम्रा अभिभावकले हामीलाई हौसला दिनुभएको छ । अझै राम्रो काम गर्न अग्रजबाट हौसला आएको छ । त्यसैगरी हामीले पनि नयाँ पुस्ताका भाइबहिनीलाई असल मार्गमा हिँड्न सिकाउनुपर्ने दायित्व पनि छ । त्यसका लागि यसैगरी विभिन्न सामाजिक काम गर्दै जानुपर्छ । तसर्थ क्लब यस्ता सामाजिक गतिविधिमा सधैँ सक्रिय भइरहन्छ ।