विराटनगरः पाँचाँै साफ महिला फुटबल प्रतियोगिताको आयोजनास्थल विराटनगरमा उद्घाटनको अवसरमा विभिन्न झाँकीका कारण खेलमैदानमा उत्साह छाएको थियो ।

रङ्गशालाको चारतर्फ प्यारापिट रहेको मैदान पश्चिमतर्फ कार्यक्रम मञ्च बनाइएको थियो । खचाखच दर्शकले भरिएको रङ्गशालाको चारैतर्फ प्यारापिटमा रङ्गरोगन गरिनुका साथै खेलाडी सुरक्षाका लागि मैदानको चारैतर्फ जालीले घेरिएको थियो ।

मोरङ, सुनसरी, झापा, सप्तरीसहित भारतको बिहार र बङ्गालवाट पनि दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । खेल मैदानको पूर्वपट्टि एन्फा, विश्व फुटबल सङ्घ, एशियाली फुटबल सङ्घसहित साफमा सहभागी ६ वटा राष्ट्रका झण्डा फहराइएको थियो ।

साफ महिला फुटबलका लागि विराटनगरको रङ्गशालाले अन्तर्राष्ट्रिय मापदण्डसमेत पूरा गरेको छ । रङ्गशालामा खेलाडीका लागि चेन्जिङ निर्माण गरिएको छ । अतिरिक्त खेलाडीका साथै प्रशिक्षक, सहभागी टिम व्यवस्थापक र कर्मचारीलाई खेल हेर्न र बस्नका लागि अन्तर्राष्ट्रिय मापदण्डको व्यवस्था र बसोबासस्थलको समेत निर्माण गरिएको छ ।

उद्घाटन खेलको औपचारिक कार्यक्रममा विभिन्न संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएको थियो । प्रदेश नं १ मा बसोबास जाति तथा समुदायको संस्कृति झल्कने वेशभूषासहित नृत्यसमेत प्रस्तुत गरिएको थियो । विभिन्न विद्यालयका विद्यार्थीले तामाङ, राई, मैथिली भाषाका गीतमा नृत्य गरेका थिए ।

खेलकुदस्थलको सुरक्षालगायत फोहोर व्यवस्थापनका लागि पानीको बोतल, विभिन्न तयारी खाद्यवस्तु, सिक्का, बदाम, सूर्तिजन्य पदार्थ, सिगरेट, सलाइ र लाइटर प्रवेशबिन्दुमै बन्देज गरिएको थियो ।

रङ्गशालाको १० मिटरको दुरीमा डस्बिनको व्यवस्था गरिएको छ । स्वयंसेवक, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले सुरक्षा दिएका थिए । खेलको प्रतिस्पर्धामा घाइते हुने खेलाडीको उपचारका लागि अन्तर्राष्ट्रियस्तरको हेल्थ डेस्कको व्यवस्था गरिनुका साथै चिकित्सक, स्वास्थ्य सहायक र एम्बुलेन्सकोसमेत व्यवस्था गरिएको थियो । बजार क्षेत्रबाट रङ्गशालासम्म पुग्ने सडकमा धुलो नउडोस् भन्नका लागि पानी छर्किने काम भएको थियो । रङ्गशालाबाहिर सडकमा प्रतियोगितामा सहभागी टोलीका देशका झण्डासहितका कक्ष राखिएको छ ।

saff photo pradeshportal 5 saff photo pradeshportal1 saff photo pradeshportal2 saff photo pradeshportal 9 saff photo pradeshportal4 saff photo pradeshportal8 saff photo pradeshportal3 saff photo pradeshportal 7