इलाम: पाँचौ साफ च्याम्पियनसिप अन्र्तगत ग्रुप बी को पहिला खेलमा डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सको सामना गर्दैछ । पछिल्लो समयमा सिलोङमा भएको १२ औ दक्षिण एसियाली खेलकुद ( साग) मा यि २ टोलीले बराबरी खेलेका थिए ।
त्यसअघि सन २०१४ को तेश्रो साफ गेममा समुह चरणमा भारतले माल्दिभ्सलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरको थियो । जारी सिजनमा भारतको मिश्रित प्रर्दशन रहेको छ । सन २०१९ मा भारतले ११ बटा अन्तराष्ट्रिय खेलमा सहभागीता जनाएको छ । गत जनवरीमा हङकङ र इन्डोनेसियासंग मैत्रीपुर्ण खेलमा सहभागीता जनाएको भारतीय टोलीले भुवनेश्वरमा हिरो महिला गोल्डकप र टर्कीमा तुर्किस महिला गोल्डकपमा समेत सहभागीता जनाएको थियो । दुवै प्रतियोगितामा भारतको प्रर्दशन अपेक्षिकृत रहेन ।
हिरो गोल्डकपमा हेड टु हेडमा आधारमा तेश्रो बनेको टोली तुर्किस महिला गोल्डकपमा पाँचौ स्थानमा रहयो । भारतका प्रशिक्षक मेयमल रक्कीले मैत्रीपुर्ण खेलले आफनो कमजोरी आंकलन गदै साफमा सुधार गर्न सहयोग पुगेको बताइन । निरन्तरको प्रतियोगिता र खेलका कारण युवा खेलाडीले भरिएको भारतिय महिला टिमलाई व्यक्तिगत खेलकौशल बढाउन मद्धत पुगेको उनले बताइन ।
साफको ४ संस्करणको इतिहासमा भारत हालसम्म अपराजित टोलीको रुपमा रहेको छ । उस्ले अहिलेसम्म साफमा खेलेका १९ बटा खेल सवैमा बिजय हासिल गरेको छ ।
यता ‘डटर अफ वेभ्स’ नामले परिचित माल्दिभ्सको महिला टोलीको गत संस्करण बाहेक अन्यमा सेमीफाइनलसम्म पुग्न सकेको छैन । ४ संस्करणमा ५० गोल व्यर्होरेको टोलीले १३ गोल मात्र गर्न सफल भएको छ । सन २००४ अक्टोवरमा म्यानमार विरुद्ध प्रतिस्पर्धा गर्दै माल्दिभ्सले महिला फुटबलमा डेव्यु गरेको थियो । भारत विरुद्ध पछिल्लो नतिजा दोर्होयाउँदै माल्दिभ्य सेमीफाइनल पुग्ने लक्ष्य राखेको छ ।