इलामः हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचाँै अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आज ठूलो टुँडिखेलमा भएको खेलमा प्रतियोगिताको साविक विजेता थ्री स्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै हिमालयन सेमीफाइनलमा पुगेको हो ।

खेलमा थ्री स्टार क्लबका कप्तान अनिल गुरुङले १३ औँ मिनेटमा पहिलो गोल गरेका थिए । हिमालयन शेर्पा क्लबका विजय श्रेष्ठले १९ औँ मिनेटमा गोल गरी खेललाई बराबरीमा पु¥याएका थिए । मध्यान्तरपछि हिमालयन शेर्पाका त्रिदेव गुरुङ तथा सुनिल खड्काले गोल गरे ।

खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका उल्रिस सिवे घोषित भए । उनले रु १० हजार र ट्रफी प्राप्त गरे । बिहीबार दिउँसो ३ बजे दाउफिन्स क्लब क्यामरुन र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

my vally rss