विराटनगरः पाँचाै साफ महिला च्याम्पियनसिपबाट माल्दिभ्स बाहिरिएकाे छ । अाज विराटनगरकाे सहिद रंगशालामा भएकाे खेलमा दुइ शुन्यकाे गाेल अन्तरले पराजीत हुँदै माल्दिभ्स बाहिरिएकाे थियाे । पहिलाे खेलमा भारतसँग लजास्पद हार बेहाेरेकाे माल्दिभ्सले अाधा दर्जन गाेलकाे सामना गरेकाे थियाे ।
सविकको विजेता भातर र श्रीलंका विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गेरेका छन् । श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गरेपछि भारत र श्रीलंका प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको हो ।
४० औं मिनेटमा चलानी कुमारी एकनाएकेले गोल गर्दै पहिलो हाफमा १-० को अग्रता दिलाइन् । उनले कप्तान इरान्डी के. लियानागेको फ्रि-किक प्रहारलाई माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले क्लियर गर्न खोज्दा रिबाउन्ड भएको बलमा गोल गरेकी हुन् ।
श्रीलंकाले दोस्रो हाफमा थप एक गोल गर्यो । ५० औं मिनेटमा एकनाएकेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । उनले अचला संजिवनी परेराको पासमा उत्कृष्ट प्रहार गर्दै अग्रता दोब्बर पारिन् ।
त्यसअघि माल्दिभ्सकी कप्तान फदुवा जहिरले करिब ३० यार्डबाट गरेको प्रहार श्रीलंकाकी गोलरक्षक अयोमी एस विजेरत्नाले सहजै बलाई नियन्त्रणमा लिइन् । २० औं मिनेटमा कप्तान इरान्डीले गरेको बल गोलमा परिणत भएपनि उनले गोलरक्षकलाई फाउल गरेको भन्दै रेफ्रिले नो गोल दिएका थिए ।
त्यसको तीन मिनेट नबित्दै पुनः कप्तान इरान्डीले वान भर्सेज वनमा गरेको प्रहार करसरबारको केही माथिबाट बाहिरिएको थियो । २७ औं मिनेटमा मल्दिभ्सकी मारियाम रिफाले मिडफिल्डबाट एक्लै अगाडी बढाएको बललाई फिनिसिङ गर्ने क्रममा बाहिरियो ।
आब आइतबार समूह बी को विजेता र उपविजेतका लागि श्रीलंकाले भारतको सामना गर्ने छ । त्यस्तै समूह ए को विजेता र उपविजेताका लागि आयोजक टोली नेपालले शनिबार बंगलादेशसँग सामना गर्दै छ ।
खेल शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।