विराटनगरः पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ ।

विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम भएको छ । खेलको छैटौं मिनेटमा बङ्लादेशका खेलाडी मसुरा प्रभिनले आत्मघाती गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् ।

यसैगरी, खेलको २३ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरी नेपाललाई २–० ले अगाडि बढाइन् । खेलको २८ औँ मिनेटमा नेपाली खेलाडी मञ्जलीकुमारी योञ्जनले गोल गरी नेपाललाई ३–० ले अगाडि बढाउँदै विजय सुनिश्चित गराएकी थिइन् । खेल अवधिभर नेपालले गोल गर्ने अवसर धेरै गुमाएको थियो । बङ्गलादेशले दोस्रो हाफमा गोलको अवसर गुमाएको थियो ।

यो विजयसँगै नेपालले आगामी बुधबार हुने सेमीफाइनल खेलमा समूह ‘बी’ अन्तर्गतको भोलि हुने खेलको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । भोलि समूह ‘बी’ अन्तर्गतको भारत र श्रीलङ्का बीचको अन्तिम खेलपछि समूह विजेता र उपविजेताको निर्णय हुनेछ ।

1552746533350_Photo SaujayRSS Biratnagar_brt-2 (1) 1552746599246_Photo SaujayRSS Biratnagar_brt-2 (2)