विराटनगरः पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ ।विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ ।

भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता बास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् । भारतले खेलको चौथो मिनेटमा नै दाङमेईले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । पहिलो गोल भएको ३ मिनेटपछि भारतकी खेलाडी रङ्गनाथनले गोल गरिन् ।

यसैगरी, खेलको ३६ औँ मिनेटमा भारतकी कथेरेसनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् । ४४ औं मिनेटमा बस्फारेले पेनाल्टीबाट गोल गर्दै भारतलाई ४–० को गोलले अगाडि बढाइन् । पहिलो हाफमा ४–० को अग्रता बनाएको भारतका लागि दोस्रो हाफको ४७ औँ मिनेटमा नानग्मेथेमले गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाइन् । आगामी बुधबार नेपाल र श्रीलङ्काबीच सेमीफाइनल खेल हुनेछ ।

saf 1