धरानः हराइजन क्लब धरान–१७ ले आयोजना गरेको चौथो पुरुष तथा प्रथम महिला हराइजन खुला आमन्त्रण बास्केटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको महिलातर्फको खेलमा सीसीटी हात्तीसार विजयी भएको छ ।

हात्तीसारले प्रतिस्पर्धी हराइजन क्लब लाई ६–१५ अङ्कले पराजित गर्यो । ४ क्वाटरमा भएको सो खेलमा २–२, २–३, ०–६ र २–४ अङ्कले हात्तीसार विजयी भयो । सो खेलमा हराइजन क्लबका खुशी लिम्बू म्यान अफ द म्याच भइन् ।

यसैगरी, सोमबार नै भएको पुरुष तर्पmको खेलमा अण्डर डग, धरान र सेन्ट जोसेफ विजयी भएका छन् । अण्डर डगले सप्तरङ्गी बास्केटबल धरानलाई ४०–५० अङ्कले पराजित गरेको हो । सो प्रतियोगितामा १०–१०, १२–८, १२–१० र १६–१२ अङ्कले अण्डर डग विजयी भयो । प्रतियोगितामा म्यान अफ द म्याच सप्तरङ्गी क्लब धरानका विधान राई भएका थिए ।

यसैगरी सेन्ट जोसेफले धनकुटा बास्केटबल क्लब, धनकुटालाई २०–४७ अङ्कले पराजित गर्यो । प्रतियोगितामा सेन्ट जोसेफ धरानले ३–५, १०–२, २२–७ र १२–६ अङ्कले धनकुटा बास्केटल क्लबलाई पराजित गर्यो । सो खेलमा सेन्ट जोसेफका निशान तामाङ म्यान अफ द म्याच भएका थिए ।

श्री मावि धरान–१७ को बास्केटबल कोर्टमा भइरहेको सो प्रतियोगिताको प्रायोजकमा धरान–१७ समाज हङकङ र सह प्रायोजकमा नेपाल टर्की समाज उपसमिति अङ्करा रहेका छन् ।