इलाम: हिमालयन शेर्पालाई हराउँदै पाहुना टोली क्यामरुनको दाफिन्स फेमिली क्लबले इलाममा जारी माईभ्याली गोल्डकपको उपाधी जितेको छ । निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा दाफिन्सले हिमालनको चुनौती २–० गोल अन्तरले पन्छाएको हो ।

खेलको सुरुवातबाटै दबाब कायम राखेको दाफिन्सले खेलको ८ औ मिनेटमा अग्रता कायम गरेको थियो । हिमालयनका निरज बस्नेतलाई छक्याउदै यान्निक ओवानाले गोल गरेका थिए । खेलमा पछि परेको अवस्था १९ औ मिनेटमा शेर्पाले दोश्रो गोल खान पुग्यो । मेजुकेको कर्नर प्रहारलाई पेटाङ्गाले हेडर गोल गदेै अग्रता दोव्वर बनाए । उपाधीसंगै दाफिन्सले नगद ७ लाख प्राप्त गरेको छ । भने उपविजेता शेर्पाले ४ लाख रुपैया प्राप्त गरेको छ । खेलको ६५ औ मिनेटमा डेडी वाम्बा दोहोरो पहेलो कार्ड पाउदै मैदानमा बाहिरिएपछि शेर्पा १० खेलाडीमा सिमित भएको थियो ।

खेलमा पाएका अवसरहरु सदुपयोग हुन नसक्दा सिजनमा दोश्रो पटक शेर्पा उपविजेता भएको थियो । यसअघि दोश्रो बिशाल मेमोरियल गोल्डकपमा त्रिभुवन आर्मीसंग पराजित बन्दै शेर्पा उपविजेता भएको थियो ।

IMG_7736

माईभ्यालीसंगै दाफिन्सले सिजनमा ४ वटा उपाधी जितेको छ । दाफिन्सले पोखरा कप, बुढासुव्वा गोल्डकप र तिलोत्तमा गोल्डकप जितेको थियो । खेलमा विद्यागत तर्फ दुवैले बराबर पुरस्कार पाएको छ । खेलको म्यान अफ दि म्याच उपबिजेता टिमका विसन गुरुङ घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । त्यसैगरी उत्कृष्ट गोलरक्षक दाफिन्सका प्रिसो जाङ्गा, उत्कृष्ट डिफेन्डर दाफिन्सका ओको बोटा, मिडफिल्डर शेर्पाका त्रिदेव गुरुङ, स्ट्राइकर दाफिन्सका पेटाङ्गा र प्रशिक्षक वाम्बा घोषित हुँदै जनही २५ हजार प्राप्त गरे ।

प्रतियोगितामा ह्रयाट्रिक सहित ४ गोल गरेका शेर्पाका स्ट्राइकर सुनिल खड्का सर्वाधिक गोलकर्ता चुनिदै नगद ३५ हजार प्राप्त गरे । शेर्पाका गोलरक्षक किशोर गिरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिदै अपाची १६० सीसीको बाइक पाएका थिए । बिजेता टिमलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले पुरस्कार वितरण गरेका थिए । समापन समारोहको अवसरमा फुटबल क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै पुर्व राष्ट्रिय खेलाडी मंगेश बस्नेतलाई प्रमुख अतिथी सुनार र विशेष अतिथी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए ।

सवै स्थानिय तहमा ब्यवस्थित रंगशाला निर्माण गरिने ः मन्त्री बिश्वकर्मा
समापन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री बिश्वकर्माले देशका सवै ७५३ स्थानिय तहमा नै ब्यवस्थित रंगशाला निर्माण गर्ने बताए ।

IMG_7644 सरकारले यस अघि नै सवै स्थानिय तहमा ब्यवस्थित रंगशाला निर्माण गर्न प्रारम्भिक कार्य अगाडी वढाइसकेको उनले बताए । समृद्ध नेपाल निर्माणमा खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउदै उनले खेलकुदलाई समाजले हेर्ने दृष्टि समेत परिवर्तन हुँदै गएको बताए । युवाहरुलाई दक्ष र स्वरोजगार बनाउँदै समृद्ध नेपाल निर्माणमा समेत उनीहरुलाई लगाउने मन्त्री विश्वकर्माको उद्घोष थियो । त्यसैगरी एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले इलाममा चाडै नै फुटबल एकाडेमी निर्माण गरिने बताए । उनले पुर्वी पहाडका खेलाडीहरुलाई लक्षित गरेर इलाममा एकाडेमी निर्माणको प्रक्रिया अगाडी बढेको बताए ।