विराटनगरः श्रीलंकालाइ फराकिलाे गाेल अन्तरले हराउँदै नेपाली महिला फुटवल टीम पाँचाै साफमा फाइनलमा प्रवेश गरेकाे छ । पहिलाे हाफमा एक गाेल गरेकाे नेपाली टीमले दाेस्राे हाफमा भने तीन गाेल गरेकाे थियाे । 

 नेपालको जितमा पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरे । पहिलो हाफको ४२ औ मिनेटमा पुनमको गोलबाट अग्रता बनाएको नेपालले दोश्रो हाफमा ३ गोल थप्यो । ७३ औ मिनेटमा अनित बस्नेतले गोल गर्दै अग्रता दोव्बर बनाइन ।

खेलमा पछि परेको श्रीलंकाले ८३ औ मिनेटमा तेश्रो गोल व्यर्होयो । सावित्रा भण्डारीको हेडर प्रहारले जाली चुमेपछि नेपालले ३–० को अग्रता बनाएको हो । २ मिनेट लगतै कप्तान निरु थापाको स्थानमा मैदान प्रवेश गरेकी रेखा पौडेलले गोल गर्दै नेपालललाई जित दिलाइन । खेलमा अधिकाँश समय नेपालले नियन्त्रणमा राखेको थियो । प्रतियोगिता अन्र्तगत दोश्रो सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेशको सामना गर्नेछ । भारत र बंगलादेश गत संस्करणको समुह चरण र फाइनलमा भिडेका थिए ।

खेलपछि प्रतिक्रिया दिँदै श्रीलंकाका प्रशिक्षक रोहन तिलक एलपोन्सेले नतिजाबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए । उनले नेपाल र भारत अन्य टिमभन्दा माथीको श्रेणीको भएकाले पराजित हुनुपरेको बताए । यता नेपालका प्रशिक्षक हरि खडकाले पहिलो हाफमा श्रीलंकाको रक्षात्मक खेल चिर्न असहज बताए । दोश्रो हाफमा श्रीलंकाको रणनितीलाई चिर्दै गोल निस्किएको उनले बताए ।