विराटनगरः नेपाली महिला फुटवल टाेलीका मुख्य प्रशिक्षक हरि खड्काले भाेलीकाे हाम्राे दिन भएकाे बताएका छन् । पाँचाै महिला साफ च्याम्पेनसीपकाे फाइनल तयारीबारे विराटनगरकाे विग हाेटल भएकाे पत्रकार सम्मेलनमा बाेल्दै खड्काले इतिहास लेख्ने दिन भएकाे प्रतिक्रिया दिए । संचाकर्मीकाे उत्साहाकासाथ प्रश्नमा जवाफ दिँदै उनले तीन खेलले राम्राे नजिता दिएकाे भन्दै भारतसँगकाे फाइनल भिडन्तमा पनि नेपाली दर्शकलार्इ निराश नपार्ने विश्वास व्यक्त गरे ।
नेापी टीमकी कप्तान निरू खड्काले पनि उच्च मनाेवलका साथ मैदान प्रवेश गर्ने बताइन् । भारत बलियाे टीम भए पनि उसकाे हाेम ग्राउण्डमा जीतेकाे रेकर्ड रहेकाे भन्दै उक्त हिराेगाेल्डकपकाे जीतले उत्साह भरिएकाे बताइन् ।
अरू बेला इण्डिया बलियाे टीम भएकाे डर कता कता हुने भन्दै याे पटक भने त्याे डर प्रशिक्षक खड्काकाे काउन्सिलिङे गायव भएकाे बताइन् ।
तीनै खेलबाट राम्राे अाशा जागेकाे भन्दै सबै टीम उच्च मनाेवलका साथ घरेलु मैदानमा उत्रिने बताइन् ।
पाँचाै महिला साफ च्याम्पीयनसीपकाे फाइनल खेल विराटनगरकाे सहिद रंगशालामा भाेली दिनकाे ठिक ३ बजे हुनेछन् ।
प्रतियाेगितामा नेपालसहित, भारत, वंगलादेश, माल्दिभ्वस, भुटान र श्रीलंकाले सहभागीता जनाएका छन् । सेमि फाइनलमा भारतले बंगलादेश र नेपालले श्रीलंकालाइ पछि पार्दै फाइनलकाे यात्रा तय गरेका थिए ।
पाँचाै सापफमा नेपालकाे भेट श्रीलंकासहित भुटान र बंगलादेशसँग भएकाे थियाे । पहिलाे खेलमा भुटानलार्इ तीन शुन्यकाे अन्तरले तीनेकाे थियाे भने समुह चरणा अन्तर्गतकाे प्रतिस्पर्धामा बंगलादेशलार्इ पनि तीन शुन्यकाे अन्तरले नै पन्छाएकाे थियाे । त्यस्तै सेमिफाइनलमा भने नेपालले श्रीलंकालाइ चार शुन्यकाे फराकिलाे गाेल अन्तरले पछि पारेकाे थियाे ।
अहिले सम्म नेपालले कुनै गाेल बेहाेर्नु परेकाे छैन ।