झापाः युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अगामी वैशाखमा हुने बताएका छन् ।

झापाको भद्रपुरस्थित मेची रङ्गशालामा निर्माणाधीन दोस्रो कभर्ड हलको बिहीबार निरीक्षण गर्दै मन्त्री विश्वकर्माले वैशाख पहिलो सातादेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले उद्घाटनको मिति तोक्ने उनले बताए । बाँकेस्थित नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने यसअघि नै निधो भइसकेको छ ।