इटहरीः पाँचौं साफ महिला च्याम्पियनसीपमा सहभागी खेलाडीको मनोबल उच्च बनाउन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कारको घोषणा गरेका छन् । नेपाली टिम विजेता बने २ लाख रुपैयाँ र उपविजेता बने १ लाख रुपैयाँ नगद प्रदान गर्ने उनले बताएका हुन् ।
आज ३ बजे फाइनल खेल हुँदैछ । फाइनलमा आज नेपाल र भारतका फुटबल टिम आमनेसामने हुँदैछन् ।