विराटनगरः पाँचौँ साफ च्याम्पियनसिपको फाइनल खेलका लागि दुवै टिमको प्लेईङ सेट सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक हरि खड्काले नेपाललाई ४–४–२ को रणनीतिमा मैदानमा उतारेका छन् ।

भारतीय टिमका प्रशिक्षक मेयमोल रक्कीले भारतलाई ४–५–१ को रणनीतिमा मैदान उतारेकी छिन् । श्रीलङ्का विरुद्ध सेमीफाइलनमा प्रतिस्पर्धा गरेको नेपाली सेटले फाइनलमा प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पिनयसीपको फाइनलमा नेपाल र भारत चौथो पटक भीडन्त गर्न लागेका हुन् । भारत यसअघिको ४ वटै संस्करणको विजेता टिम हो । खेल शुरु भइसकेको छ ।

नेपालको टिम लाइनअप
फरवार्ड ः सावित्रा भण्डारी र निरु थापा (कप्तान)
मिडफिल्डर ः मञ्जलीकुमारी योञ्जन, रेनुका नगरकोटी, दीपा राई र अनिता बस्नेत

डिफेन्स ः हीरा भुजेल, गीता राना, पुनम जर्घामगर र मनमाया लिम्बू
गोलकिपर ः एन्जिला तुम्बापो

भारतको लाइनअप
फरवार्ड ः सन्ध्या रंगनाथन
मिडफिल्डर ः संगीता बास्फोर, रतनबाला देवी, सन्जु, ग्रेसी डाङमेइ, इन्दुमती काथीरेसन,
डिफेन्स ः जावनमी टुडू, आशालता देवी (कप्तान), डालिमा चिब्बर,
गोलकिपर ः अदिती चौहान