विराटनगरः भारतसँग ३ १ काे गाेल अन्तर खेल्दै उपविजेतामा चित्त बुझाउन सफल नेपाली महिला फुटवबल टीमका खेलाडीलार्इ जनही एक लाख पुरस्कार दिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्णय गरेकाे छ । अाज विराटनगरमा बसेकाे एन्फाकाे १८ अाैँ वार्षीक साधारण सभामा नेपालमा पहिलाे पटक भएकाे पाँचाै महिला साफ च्याम्पीयनसिपमा पराजीत बने पनि नेपाली टीमकाे हाैसला बढाउने पुरस्कृत गर्ने निर्णय भएकाे प्रवक्ता किरण रार्इले जानकारी दिए ।
रार्इले याेसँगै प्रदेश १ सरकारले र विराटनगरमहानगरपालिकाले पनि खेलाडीलाइ जनही १ लाख र ५० हजार दिने समेत जानकारी दिए ।
नेपाली महिला राष्ट्रिय टिमका खेलाडीलाई पुरस्कृत गर्ने निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ ।
साधारणसभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अघिल्लो साधारणसभादेखि हालसम्म गरेका कार्यहरु तथा नेपाली फुटबल खेलको विकासका लागि भएका कामका बारेमा प्रस्तुत गरेका थिए । फुटबल विकासमा भएका कामहरुबाट सन्तुष्ट रहेको निस्कर्षसहित वार्षीक प्रगति प्रतिवेदन सर्वसम्मतले अनुमोदन भएको एन्फा प्रवक्ता राईले बताए ।
कोषाध्यक्ष रवीन्द्र जोवशीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन गरिएको छ । साथै आगामी वर्ष २०७५÷०७६ को वार्षीक कार्यक्रम अनुसारको अनुमानित २३ करोड ७४ लाख ५० हजार रुपैयाँ प्रस्ताव भएको र बजेटमाथि छलफल गर्दै परिमार्जनसहित स्वीकृत गरिएको जानकारी राईले दिए ।
खोटाङ, नवलपुर र मनाङ जिल्लामा फुटबल संघ गठन गर्नका लागि माग भए अनुसार एक वर्षका लागि ति जिल्लालाई पर्यवेक्षकका रुपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय साधारणसभाले गरेको छ ।