इटहरीः आजदेखि इटहरीमा शुरु भएको मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गतको फुटबल खेलमा रामधुनी नगरपालिकाले विजयी शुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा रामधुनी नगरपालिकाले इटहरी उपमहानगरपालिका रातोलाई १– ० गोल अन्तरले पराजित गरेको हो । जीतसंगै रामुधनी नगरपालिका सेमीफाइनल प्रवेश गरेको छ । खेलको २७ औ मिनेटमा सन्दीप लिम्बूले गरेको गोल नै आजको निर्णायक गोल बन्यो । आइतबारको खेलको म्यान अफ द म्याच रामधुनीका आविष्कार खड्का घोषित हँुदै नगद २ हजार पाए ।
भोल हुने पहिलो खेलमा धरान उपमहानगर र गढी गाँउपालिका तथा दोस्रो खेलमा इनरुवा र दुहव्बी नगरपालिकाबीच प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा आठ टिमको सहभागिता छ ।
प्रतियोगिताको इटहरीका मेयर द्वारिकलाल चौधरीले उद्घाटन गरेका थिए । कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम र वडा नम्बर ९ का अध्यक्ष भुपेन्द्र वरालले खेल सफलताको शुभकामना व्यक्त गरेका थिए । मेयरकप प्रतियोगिता अन्तर्गत प्रदेश पालिकास्तरीय क्रिकेट, भलिबल र तेक्वान्दो प्रतियोगिता पनि आयोजना हुने भएको छ ।