इटहरीः इटहरीमा जारी मेयरकप फुटबल प्रतियोगिताको उपाधीका लागि धरान उपमहानगरपालिका र रामधुनी नगरपालिका बीच खेल हुने भएको छ ।
हिजो सम्पन्न अन्तिम सेमीफाइनल खेलमा वराहक्षेत्र नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै धरान उपाधी नजिक पुगेको हो । खेलमा धरानका लागि मिलन राईले खेलको २६ औँ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो ।
खेलको म्यान अफ द म्याच पराजित टिम बराहक्षेत्रका अनिल धामी घोषित हुँदै नगद २ हजार पाए । सुनसरीका ६ वटा पालिका सहभागी प्रतियोगिताको फाइनल खेल आज रामधुनी र धरानबीच दिउँसो ३ बजे हुनेछ । उपाधी विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउने छन् ।