सङ्खुवासभाः सङ्खुवासभाको चैनपुरमा आजदेखि चैनपुर मेयर कप शुरु भएको छ । आज भएको उद्घाटन खेलमा खाँदबारी नगरपालिकाले धनकुटा नगरपालिकालाई शून्यका विरुद्ध १ गोल गर्दै हराएको छ ।
खेल सकिन २ मिनेट बाँकी हुँदा खाँदबारीका सुवास तामाङले गरेको गोल नै निर्णायक भएको थियो ।
प्रतियोगिताको प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतमले उद्घाटन गरेका थिए । प्रतियोगिता शनिबार शुरु हुने कार्यतालिका भए पनि शनिबार भएको वर्षाका कारण खेल स्थगित भएको थियो ।