सङ्खुवासभाः चैनपुरमा भइरहेको मेयरकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा सङ्खुवासभाको मादी नगरपालिका विजयी भएको छ ।
मादी र शिव सताक्षीबीच भएको फुटबलमा शून्यका विरुद्ध १ गोल गर्दै मादी नगरपालिका विजयी भएको हो । पहिलो हाफको २० औं मिनेटमा अञ्जन लिम्बूले गरेको सो गोल नै निर्णायक भएको थियो । शिवसताक्षीका खेलाडीले डिबक्सभित्र फल गरेपछि मादीले पाएको पेनाल्टीको उपयोग गरी गोल गरेको थियो ।
आजै भएका अन्य खेलमा सङ्खुवासभाकै खाँदबारी नगरपालिका र पाँचखपन नगरपालिका विजयी भइसकेका छन् । पाँचखपन नगरपालिकाले भोजपुर नगरपालिकालाई १ का विरुद्ध ६ गोल गर्दै हराएको थियो । उद्घाटन खेलमा खाँदबारी नगरपालिकाले धनकुटा नगरपालिकालाई शून्यका विरुद्ध १ गोल गर्दै पराजित गरेको थियो ।