बेलबारीः इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगितामा बेलबारी विजयी भएको छ । आज भएको प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिकालाई ६२ रनले पराजित गर्दै बेलबारी विजयी भएको हो ।

टस जितेर ब्याटिङ राजेको बेलबारी नगरपालिकाले निर्धारित १८ ओभरको खेलमा ८ विकेटको क्षतिमा पथरीशनिश्चरे नगरपालिकासमक्ष १ सय ७३ रनको लक्ष्य दिएको थियो । बेलबारीका लागि आशिष झाले ४७ रन तथा विकास दासले ३७ रन र १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको पथरीशनिश्चरे नगरपालिका ६ विकेट गुमाउँदै १ सय १० रनमा समेटिएपछि बेलबारी ६२ रनको फराकिलो अन्तरले विजयी हँुदै सेमीफाइनलमा प्रवेश गरेको छ । ‘म्यान आफ द म्याच’ बेलबारीका विकास दास घोषित भएका छन् ।

भोलिको सेमीफाइनल खेल बेलबारी नगरपालिका र इटहरी उपमहानगरपालिकाबीच हुने आयोजकले जनाएको छ । इटहरी उपमहानगरपालिकाको संयोजनमा शुरु भएको प्रतियोगितामा १ नम्बर प्रदेशका ८ वटा टिम सहभागी छन् । इटहरी–९ स्थित क्रिकेट मैदानमा चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमलाई २५ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।