पाँचथरः पाँचथरको फिदिममा जारी तेस्रो पाँचथर गोल्डकप अन्तर्गत बिहीबार सम्पन्न खेलबाट सेमीफाइनल समीकरण पूरा भएको छ । बिहीबारको अन्तिम क्वाटरफाइनल खेलमा न्यु स्टार क्लब मोरङलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको हो ।
हिमालयन शेर्पाले खेलको ९ औँ मिनेटमा मानबहादुर तामाङको गोलबाट अग्रता लिएको थियो । त्यसपछि १४ औं मिनेटमा डेडी बाम्बाले अर्को गोल थप्दै टिमलाई २–० को नतिजामा पु¥याए । बाम्बाले खेलको २५ औं मिनेटमा अर्को गोल गर्दै व्यक्तिगत दुई गोल गरेका थिए ।
त्यसपछि २५ औँ मिनेटमा निरज बस्नेतले हिमालयन शेर्पाको तर्फबाट अर्को गोल थप्दै टिमलाई ३–० को नतिजामा पु¥याए ।
न्यु स्टारका पारस कटुवालले खेलको ३९ औ मिनेटमा आफ्नो पहिलो गोल गरेका थिए । पछि फेरि ७२ औं मिनेटमा दिनेश राईले १ गोल गर्दैै टिमलाई २–३ को स्थितिमा पु¥याए । फेरि हिमालयन शेर्पा क्लबका तर्फबाट विवेक श्रेष्ठले ६७ औँ मिनेटमा आफ्नो टिमको लागि चौथो गोल गरेका थिए ।
८२ औं मिनेटमा न्यु स्टारका रोशन भुजेलले एक गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त बनेन । अन्ततः ४–३ को नतिजा निकाल्दै हिमालय शेर्पा क्लब सेमीफाइनलमा पुगेको छ । अब उसले दार्जिलिङसँग प्रतिष्पर्धा गर्ने छ । बिहीबारको प्रतियोगिताबाट डेडी बाम्बा म्यान अफ दि म्याच घोषित भएका छन ।
शुक्रबार पहिलो सेमीफाइनल खेल डीएफसी मोरङ र विजय युथ क्लब हेटौंडाबीच हुने भएको छ । प्रतियोगिताको विजयी टिमले नगद ४ लाख पाउने छ भने उप विजेताले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।